Categories अर्थ

स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ

Advertisement

वीरगन्ज । स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट स्रोत नखुलेको रकमसहित बारा प्रसौनी गाउँपालिका-२ बस्ने ३३ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

Advertisement

प्रहरी चौकी इनरुवा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको थियो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *