Categories समाचार

मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै विप्लवद्वारा एक व्यापारीको घर घेराउ

वीरगन्ज । मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवाका एक व्यापारीको घर कब्जा गरेको छ।

रुपन्देहीका डेढ सय किसानलाई ठगी गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको हो।

Advertisement

नेकपाले कब्जा गरेको उक्त घर जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १ सय मिटरको दुरीमा भैरहवाको मुख्य बजारमा रहेको छ।

Advertisement

नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बानियाँको घर नियन्त्रणमा लिएको पुष्टि गरे। उनले किसानबाट ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानलाई ठगी गरेको गुनासो गरेपछि पार्टीले बानियाँको घर कव्जा गरेको बताए।

बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएको, कैयौंलाई घर छाडेर भाग्न बाध्य बनाएको उनको भनाइ छ।

बानियाँको ठगी धन्दाविरुद्ध जिल्ला प्रशासन कार्यलयमा समेत दर्जनौं उजुरी परेको विकले बताए। २०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले वेवास्ता गरेपछि पीडित ऋणीहरूले नेकपामा लिखित उजुरी दिएका थिए।

प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित विरोध सभा आयोजना गरेको थियो।

सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले सम्बोधन गरेका थिए। साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *