Categories स्वास्थ्य

वीरगञ्जको वडा नम्वर ५ मा आजदेखि योग शिविर सुरु

Advertisement

वीरगञ्ज । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नाराका साथ आजबाट वीरगञ्जको वडा नम्वर ५ मा योग शिविर सुरु भएको छ । ७ दिन सम्म चल्ने योग शिविरको वडा नम्वर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न वडामा योग कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताउनुभयो । आजबाट सुरु भएको शिविरमा ३० जनाभन्दा बढी महिलाको सहभागिता रहेको छ । ७ दिनसम्म हरेक दिन बिहान साढे ६ बजेदेखि सञ्चालन हुने शिविरमा सहभागीलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिनुहुने छ ।

Advertisement

उद्घाटन कार्यक्रममा महानगरपालिकाको सामाजिक शाखाका खोभारी यादव, आमा समुहकी अघ्यक्ष जुली श्रेष्ठ, वडा सदस्यहरू संजु दाहाल, मंजु परियार, रूस्तम अली लगायतको सहभागीता थियो । यस्तै वीरगञ्जको वडा नम्वर १५ भिस्वामा जारी ७ दिने योग शिविर आज सम्पन्न भएको छ ।

Advertisement

भिस्वाको आयुर्वेद भवनमा जारी शिविरमा सहभागिलाई नसिबलाल सेठले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, समाजसेवी सरोज चौधरी, विकाश चौधरी, शंभु गुप्ता, रामेश्वर सहनी लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *