Categories समाचार

सामुदायिक विद्यालयलाई उपकार सेवा नेपालले गर्यो पंखा सहयोग

Advertisement

वीरगन्ज । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयास्थित एक सामुदायिक विद्यालयलाई परोपकारी संस्था उपकार सेवा नेपालले पंखा सहयोग गरेको छ ।

शंकरसरैयास्थित सरस्वती सामुदायिक विद्यालयलाई उपकार सेवा नेपालले पाँच थान पंखा सहयोग गरेको हो ।

Advertisement

सोमबार विद्यालयमै पुगेर संस्थाकी अध्यक्ष विद्या सरावगी सहितको टोलीले विद्यालयका प्रधानाध्यापकलाई पाँच थान पखा प्रदान गरेको हो । कक्षाकोठामा पंखा नुहदा गर्मीमा बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको थाहा पाएपछि सोमबार पाँच थान पंखा सहयोग गरिएको संस्थाका सदस्य सज्जन अग्रवालले बताए ।

Advertisement

पंखा हस्तान्तरण गर्ने अवसरमा सामाजिक अभियन्ता प्रकाश थारु , अंकुर शर्मा , सुमन देवीका साथै विद्यालयका शिक्षक शिक्षिकाहरुको पनि उपस्थिती थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *