Categories समाचार

सांसद यादवलाई गाली गलौच गर्नेलाई हदैसम्म कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

Advertisement

वीरगन्ज। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई टिकटक बनाई गाली गलौच गरेको भन्दै उनका स्वकीय सचिवले विद्युतीय अपराधसम्बन्धी मुद्दामा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

सांसद यादवका स्वकीय सचिव निखिल वर्णवाले जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्दै Tiktok Id@upendra shah243 भएका व्यक्तिले गाली गलौच गरेको चरित्र हत्या गरेको दाबी गरेका छन् । मधेस प्रदेश जिल्ला पर्सा क्षेत्र नम्बर १ का निर्वाचित सांसद प्रदीप यादव वन मन्त्री समेत भइसकेको र जनताको आवाज सडकदेखि सदनसम्म राख्दै आएको उल्लेख गर्दै सांसद यादवलाई अश्लील गाली गलौच गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ ।

Advertisement

अश्लील गाली गलौच गरी ३ः५४ सेकेन्डको भिडियो बनाई सामाजिक सञ्जालमा राखिएको छ । त्यसले गर्दा सांसद यादवको चरित्र हत्या हुनुको साथ समाजमा उनको मान प्रतिष्ठा समेत हनन भएको दाबी उजुरीमा गरिएको छ । Tiktokid@upendrashah243 @ravibarnwal13 Id भएको व्यक्तिलाई पक्राउ गरी भिडियो डिलिट गराई कानुनी कारबाही गर्न माग गरिएको छ । साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *