वीरगन्ज । मधेस प्रदेश कै सब भन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको नारायणी क्षेत्रीय अस्पतालमा आज एक कार्यक्रमका विच वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले सर्वसाधारणका लागि स्वच्छ खानेपानीको लागि खानेपानी को मेसिन सञ्चालनमा ल्याएका छन् ।
स्वच्छ खाने पानीको अभाव धेरै दिन देखि बढै गएको हुदा आम जनतालाई समस्या बढ्दै गएको थियो। उप-मेयर आलम द्वारा जडान गरिएको खाने पानीको मेसिन आधुनिक किसिमको रहेको छ। उक्त खानेपानी मेसिनबाट चिसो तथा तातो पानी उपलब्ध हुने छ।
अहिले खाने पानी नपाएर किनेर खानु परेको अवस्थामा आधुनिक मेसिन जडान भए पछि केही हदसम्म राहत भएको नारायणी अस्पतालमा उपचार गराइ रहेका एक बिरामीका आफन्तले बताए।
उप-मेयर आलमले आउने दिनमा पनि नारायणी क्षेत्रीय अस्पताललाई मधेस प्रदेश कै नमुना अस्पतालको रुपमा विकास गर्दै लैजाने बताए। उक्त कार्यक्रममा बिरगंज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल , नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,उप-मेयरका स्वकीय सचिव शेष हजरा लगायतको उपस्तिथि रहेको थियो।






