Categories समाचार

मौलापुरमा २४ वर्षीया आमा र २ वर्षीया छोरी मृत फेला, श्रीमान र ससुरा फरार

Advertisement

रौतहट । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत फेला परेका छन्। रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेक हुन्।

बालिका आरुही कुमारी पंखामा झुन्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भर्याङ मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए। 

Advertisement

घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या हो वा आत्महत्या एकिन गर्न गाह्रो रहेको बताउँदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भइरहेको बताए।

Advertisement

मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका छन्। माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका बुवा विजय शंकर साहका अनुसार घटना बारे आफूलाई स्थानीय लखिन्द्र साहले फोन गरेको जानकारी दिएको बताए।

छोरी र ज्वाइँबीच पटक पटक बिवाद हुँदा आफूले मिलेर बस्न सम्झाइ बुझाइ गर्दै आएको बिजयले बताए। ज्वाइँ धिरेन्द्र साह र सम्धीसहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहको बुबा विजयले आरोप लगाएका छन्। दाइजोमा थप नगद सिक्री औंठी नदिएको रिसमा घटना भएको माइती पक्षको आरोप छ। अन्नपूर्ण पोस्टबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *