Categories समाचार

एलाईड युथ सोसाइटी वीरगन्ज शाखाको दोस्रो वार्षिकोत्सब सम्पन्न, सहयोग गर्नेहरु सम्मानित

Advertisement

वीरगन्ज । एलाईड युथ सोसाइटी वीरगन्ज शाखाले आफ्नो दोस्रो वार्षिकोत्सब सहयोगी हातहरुलाई सम्मान गरि मनाएको छ ।

वीरगन्ज पब्लिक कलेजमा आयोजित वार्षिकोत्सब कार्यक्रममा युवाहरू एक ढिक्का भएर अगाडि बढ्न सके समाजमा रहेका बेथिति र विसंगति अन्त गर्न धेरै समय नलाग्ने वक्ताहरुले जोड दिएका थिए । हाल युवाहरू कुलतमा अल्झिदै गईरहेको अवस्थामा वीरगन्जमा सक्रिय रहेका यस्ता सामाजिक संस्थाहरुले राम्रो भुमिका निर्वाह गरिरहेको समेत जोडेका थिए ।

Advertisement

मधेस विश्व बिधालयका उपकुलपति डाक्टर दिपक शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी पर्साका प्रमुख सुमन थपलिया, भन्सारका सशस्त्र प्रहरी प्रमुख रामजंग पाण्डे, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विदुर सिवाकोटी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मनिराम थापा तथा अतिथिमा समाजसेवी दिलिपराज कार्की, राजन श्रीवास्तव, देवेश मानवसेवा रहनुभएको थियो ।

Advertisement

कार्यक्रममा संस्थाले सामाजिक कार्य गर्दा साथ र सहयोग दिने संस्थाहरुलाई प्रसंशा पत्र प्रदान गरि सम्मान गर्नुका साथै समाजिक अभियन्ताहरुलाई मायाको चिनो दिइएको अध्यक्ष ओम कुमार झाले जानकारी गराए ।

अध्यक्ष झा को अध्यक्ष्तामा भएको सो कार्यक्रममा युवा वचनका अध्यक्ष किशन सरार्फ, १०० ग्रुप वीरगन्जका अध्यक्ष विक्की सरार्फ, आपन राधेमाई क्लबका अध्यक्ष पवन यादव, ओसन गुप्ता, आकाश सरार्फ, विनय गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन संस्था कि सदस्य शिक्षा गुप्ताले गरेकी हुन ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *