Categories अर्थ

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनचाँदीको मूल्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा आज सुन र चाँदीकै मूल्य बढेको हो ।

महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।

Advertisement

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार १०० रुपैयाँ कायम थियो । शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदै कारोबारमा आएको थियो ।

Advertisement

यस्तै, आज तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *