वीरगन्ज । यस वर्षपनि वीरगन्जमा ‘कोरा’ साइक्लिङ च्यालेन्ज हुने भएको छ ।
कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएकोमा यस वर्षपनि निरन्तरता पाउने भएको छ ।
‘वीरगन्ज साइक्लिंग क्लबले कोरा साइकल च्यालेन्ज’मा नगरमा रहेको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल जस्तै गहवा माई मन्दिर वैष्णव मन्दिर, शंकर आचार्य गेट, बिर्ता मन्दिर , गीता मंदिर हुँदै गहवा माई मंदिरको परिक्रमा तालिका तयार पारिएको क्लब कि नुतन सरावगीले बताइन् ।
नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर यही असार ३० गते बिहान ६ बजेदेखि माईस्थान मंदिर अगाडिबाट साइकल राइडरहरुले ८ देखी १० किलोमटिरको यात्रा पूरा गर्ने योजना रहेको छ ।
सहभागिता तथा जानकारीका लागी निम्न नम्बरहरु ९८५५०२३१४६/९८५११३७९२७/९८५५०२१३७१ मा सम्पर्क गर्न क्लबले अनुरोध गरेको छ ।






