Categories समाचार

सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री ‘प्रचण्ड’ र जनमतका अध्यक्ष राउतबीच भेटवार्ता

Advertisement

वीरगन्ज । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमतका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ।

आइतबार बिहान बालुवाटारमा भएको भेटमा जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे कुराकानी भएको प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

Advertisement

गजुरेलले भने, ‘सरकारमा ल्याउन प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ, उहाँहरू पनि सरकारमा आउन तयारै हुनुहुन्छ। छलफल सकारात्मक भएको छ । तर, ठाउँ खाली छैन। कसरी ठाउँ खाली गर्ने भनेर प्रधानमन्त्री छलफलमै हुनुहुन्छ।’

Advertisement

सत्ता गठबन्धनको बैठक बसेर जनमतलाई सरकारमा ल्याउनेबारे आवश्यक निर्णय लिने उनले बताए ।

मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै जनमत सरकारबाट फिर्ता भएको थियो ।

सरकारलाई दिएको समर्थन कायमै राखे पनि शुक्रबार बजेट पारित गराउँदा पक्षमा मत हालेन।

फाइल तस्विर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *