Categories समाचार

अवैध उत्खनन राेक्न समन्वय समितिकाे भूमिका प्रभावकारी हुनुपर्छ: सांसद यादव

Advertisement

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिकाे कार्यक्षेत्रकाे दायरालाई फराकिलाे बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ ।

जिल्ला समन्वय समिति पर्साकाे चाैथाे जिल्ला सभालाई सम्बाेधन गर्दै जिल्ला समन्वय समिति पर्साकाे पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएकाे बताउनुभयाे । जिसस पर्साका प्रमुख निरन्जन साह साेनारले सबै स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेकाे जसपाका प्रमुख सचेतकसमेत रहनुभएका यादवकाे बुझाई छ ।

Advertisement

समन्वय समितिलाई अधिकार नदिएकाे गुनासाेप्रति ध्यानाकर्षण भएकाे बताउँदै सांसद यादवले अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पूर्व वन तथा वातावरण मन्त्री समेत रहनुभएका यादवले अवैध रूपमा हुने उत्खननलाई राेक्नका लागि समन्वय समितिकाे भूमिका प्रभावकारी हुनुपर्नेमा जाेड दिनुभएकाे थियो । उहाँले भन्नुभयाे, “समन्वय समितिले वातावरण संरक्षणका कामलाई पनि ध्यान दिन आवश्यक छ । पछिल्लाे समय बढ्दै गएकाे जलवायु प्रदुषणकाे जाेखिमलाई कम गर्नका लागि पनि समन्वय समितकाे अहम भूमिका हुन्छ ।”

Advertisement

उद्योगलाई वातावरणमैत्री बनाउनका लागि अनुगमनलाई तिव्रता दिन सुझाव पनि उहाँले दिनुभएकाे छ। जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह साेनारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतकाे उपस्थिति रहेकाे सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *