Categories समाचार

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छु : प्रधानमन्त्री प्रचण्ड

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन्। उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढंगको क्रान्तिको संज्ञा दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा वाईसीएलका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग सम्झौता नगर्ने बताए। विगतका सबैजसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने उनको भनाइ छ। 

Advertisement

नक्कली शरणार्थी प्रकरणमा जस्तै बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएको वाईसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले बताए। 

Advertisement

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरे।

‘माओवादीको एजेण्डा अरुले खोस्नेजस्तो अवस्था देखा पर्‍यो। भ्रष्टाचारी नै भ्रष्टाचारविरोधी जस्ता देखा परे। नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखियो। यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको छ। यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प छैन,’  प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै सापकोटाले भने। 

नयाँ तरिकाको क्रान्तिबाटै पार्टी पनि नयाँ आधारमा विस्तार हुने उनको भनाइ छ। सरकारको कामको प्रचारप्रसार गर्न र नकारात्मक कामको आलोचना गर्न प्रधानमन्त्री दाहालले वाईसीएललाई आग्रह गरेका थिए। अन्नपूर्ण पोस्ट

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *