Categories समाचार

युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार छ : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार रहेको बताउनुभएको छ ।

पर्सा फोटोग्राफर एशोसियसनको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उहाँले फोटो ग्राफीबाटै पनि युवाहरु स्वरोजगार बन्न सफल भएको बताउनुभयो ।

Advertisement

अहिले विशेष परिस्थिति तथा कुनै पनि सभासमारोहको व्यवसायीक फोटो भिडियो बनाएर राख्ने प्रचलन बढेको भन्दै यसले फोटोग्राफीमा भविष्य रहेको देखाएको बतउनुभयो । फोटोग्राफी सिक्ने र स्वरोजगार बन्न चाहने युवालाई महानगरले निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने भन्दै त्यसका लागि प्रस्ताव ल्याउन एशोसिएसनलाई आग्रह गर्नुभयो ।

Advertisement

पेशागत मर्यादा कायम गर्दै व्यवसायीक फोटोग्राफर भएर अरुलाई पनि रोजगारी दिने वातावरण बनाउन आग्रह गर्नुभयो ।

एशोसिएसनका अध्यक्ष ओमप्रकाश महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोटो ग्राफर एशोसिएसनका केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, श्रीराम कँडेल, दिगम्बर राजबंशी, डा.निरज सिंह लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *