Categories समाचार

वीरगंजमा बढ्यो चोरहरुको विगविगी, दिनदहाडै मोटरसाइकलबाट महत्वपूर्ण कागजात चोरी

Advertisement

वीरगंज । पर्सा जिल्लाको सुरक्षा संयन्त्रको केन्द्र रहेको सदरमुकाम वीरगंजमा अहिले फेरी दिनदहाडै चोरी हुनथालेको छ ।

झन्डै केहि महिना अगाडी वीरगंजको बिभिन्न स्थानबाट मोटरसाईकल , हेल्मेट , साईकल चोरी संगै कति ठाउँको पसल तथा घरमा चोरीको घटना भएको थियो र जिल्ला प्रहरी कार्यालय पर्साले गली गलीमा प्रहरी परिचालित गरी चोरीको घटनालाई नियन्त्रण गरको थियो ।

Advertisement

तर फेरी सुरक्षा गस्ती फितलो भए संगै चोरीको घटना बढ्न थालेको स्थानियको बुझाई रहेको छ ।

Advertisement

सोमबार वीरगंजको रानीघाट रहेको मासु पसल अगाडी आफ्नो मोटरसाईकल पार्किङ गरि सामान किनमेल गरिरहेका राष्ट्रजनअवाज अनलाईन समाचार पोर्टलका अध्यक्ष अनुप यादवको उक्त मोटरसाईकलबाट महत्वपूर्ण कागजात र बर्षाती समेत चोरी भएको यादवले जानकारी दिनुभएको छ ।

उहाले आफु एकै छिनमा सामान किनेर आएर हेर्दा मोटरसाईकलको लेगार्डमा झुण्डयाएको झोला नरहेको र त्यहा मासु पसले संग रहेको सिसि क्यामरामा हेर्दा एकजना व्यक्ति निर्धक रुपमा चोरेर लागेको देखिएको बताउनुभयो ।

चोर्ने मान्छेमा कानुनको कुनै डर त्रास नदेखिएको र उनले सहजै चोरेर लागेको सिसिटिभी फुटोजबाट पुष्टि भएको समेत बताउनुभयो । बढ्दो सुरक्षा व्यवस्थाको फितलोपनले गर्दा वीरगंजको भित्रि ठाउँमा समेत सहजै चोरी भईरहेको दावी गर्नुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *