Categories समाचार

वैभव वीरगज बनाउने अभियान रोकिदैन : नगर प्रमुख सिंह

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वैभव वीरगज बनाउने अभियान कुनै हालतमा नरोकिने र कसैसँग सम्झौता नहुने बताउनु भएको छ ।

वीरगंज महानगरपालिकाको आयोजना तथा व्रिलियन्ट युवा क्लवको संयोजनमा मंगलबार वीरगंजको वडा नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले आफूले गलत नगर्ने र गलत भई हाले त्यसको खुलेर विरोध गर्न नगरवासीलाई आग्रह गर्नु भयो ।

Advertisement

उहाँले नगरवासीहरुले समस्या उठाउने मात्र होईन, त्यसको समाधान पनि खोज्नु पर्ने कुरामा जोड दिदै वीरगंजमा पानीको रिचार्ज नहुँदा गर्मी याममा पिउने पानीको समेत समस्या देखा परेको बताउनु भयो ।

Advertisement

उहाँले बीरगंजलाई नमुना शहरको रुपमा विकास गर्न नगरवासीको साथ र सहयोग आफूलाई अपरिहार्य रहेको बताउनु हुदै नगरको सरसफाई, शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिहरुको अन्त्य गर्ने अभियानमा महानगर जुटेको छ भन्नु भयो ।

नगर प्रमुख सिंहले बीरगंजका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको सौन्दर्यकरण सँगै वीरगंजमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि समेत महानगरपालिकाले काम गरि रहेको बताउनु भयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले महानगरले प्रधान गर्ने सेवा र सुविधालाई एकिकृत रुपमा नगरवासी विच पुर्याउन ८० करोडको लागतमा ११ तल्ले कार्यालय भवन निर्माणका लागि डिपिआर समेत बनि सकेको र श्रोतको व्यवस्थापन हुन नसक्दा कार्यालय निर्माणमा समस्या भएको बताउनु भयो ।

उहाँले कार्यालयमा कर्मचारीहरुको दरवन्दी कम हुँदा काम गर्न समस्या भएको बताउदै महानगरपालिकामा समेत विगतमा विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गरेकोमा अहिले त्यस्ता गतिविधि पूर्ण रुपमा हटेको दावी गर्नु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसियाले नगरवासीको गुनासो अनुसारको काम भएको दावी गर्दै सबैको सोचमा परिवर्तन हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा मानव अधिकारकर्मी तथा संचारकर्मी कृष्ण खनालले वीरगंजको सरसफाई राम्रो भएको र पहिचान समेत फेरिएको बताउदै विद्युत, नालाको व्यवस्थापनमा ध्यान दिनु पर्नेकुरामा जोड दिनुभयो ।

कार्यक्रममा गुनासो लिएर आएका आमा समूह तथा विभिन्न महिला समूहहरुले ५०औं बर्ष देखि आफूहरुले जनप्रतिनिधिहरुलाई भोट दिदै आएको भए पनि कुनै काम हुन नसकेको अवस्थामा अहिलेका मेयर तथा वडा अध्यक्षहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

रेडियो वीरगंज, टिभी वीरगंज, मधेश दृष्टि दैनिकका कार्यकारी अध्यक्ष ध्रुव साहले सहजिकरण गर्नु भएको कार्यक्रममा सेवाग्राही तथा नगरवासीलाई सोधिएको प्रश्नको जवाफ सहितको प्रतिवेदन पत्रकार ध्रुव अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्रिलियन्ट युवा क्लवका छटु साहले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *