Categories समाचार

२५ औं वर्षअघिदेखि नाला अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै, मुख्य नाला सफाईलाई तिब्रता

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । नाला अतिक्रमण गरेर बनाइएको आदर्शनगर क्षेत्रको २ वटा संरचना हटाउँदै नाला सफाइलाई तिव्रता दिएको हो ।

वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बगेको छ । गीता मन्दीर देखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । आदर्शनगरको क्लासिक होटल पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लासिक होटल पछाडीसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाई गरिसकिएको छ ।

Advertisement

राष्ट्रिय वाणिज्य बैंक पछाडीतर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाई गर्ने क्रम अगाडी बढाइएको हो । जस अनुरुप शुक्रबार तीन वटा संरचना डोजर लगाएर हटाइएको हो ।
शुक्रबार वीरगञ्ज–१० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना २ वटा डोजर लगाएर हटाइएको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नम्वर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले जानकारी दिनुभयो ।

Advertisement

महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफैले डोजर लगाएर हटाएको उहाँले बताउनुभयो । वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगञ्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ ।

सहायक नालाहरु पनि सफाई गर्दै मुख्य नाला पूर्ण रुपमा सफाई गर्न अवरोध गर्ने संरचना हटाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिए अनुरुप काम भइरहेको समितिका संयोजक चौरसियाले जानकारी दिनुभयो ।
‘वीरगञ्ज डुबानबाट जोगाउन मुख्य तथा सहायक नाला सफाई हुन जरुरी छ,’ महानगर प्रमुख सिंहले भन्नुभयो, ‘त्यसका लागि हामीले दिन रात गरेर नाला सफाईलाई तिब्रता दिएका छौँ, नाला अतिक्रमण गरेर निर्माण भएका सबै संरचना हटाएर पूर्ण रुपमा सफाई गरिन्छ ।’

अतिक्रमण हटाउन समितिका संयोजक प्रदीप चौरसिया, महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेल, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, नगर प्रहरी प्रमुख हरि भुषाल, सरसफाई प्रमुख सर्फुद्दिन मियाँ, हरियाली तथा सरसफाई संयोजक प्रकाश खेतान लगाएतको टोली खटिएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *