Categories समाचार समाज

आधारभूत बिधालयमा पाँच थान पंखा सहयोग

वीरगन्ज । वीरगन्ज महानगरको वडा नम्बर २३ प्रसौनी विर्तामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत बिधालयमा एक संस्थाले पंखा सहयोग गरेको छ ।

समाजिक कार्यहरुमा आफ्नो सहभागिता जनाउँदै आएको उपकार सेवा नेपाल नामक संस्थाले सो बिधालयमा अध्यनरत बालबालिकाहरुलाई गर्मीले राहत होस् भन्ने उदेश्यका साथ पाँच थान पंखा सहयोग गरिएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।

Advertisement

सो वडाका वडा अध्यक्ष अवधकिशोर कुश्वाहाको उपस्थितिमा संस्थाकि अध्यक्ष बिधा सरावगी सहितको टोलीले बिधालय परिसरमै पुगी प्रधानाध्यापक रवीन्द्रनाथ तिवारीलाई पंखा हस्तान्तरण गरेको हो ।

Advertisement

सोही कार्यक्रममा बाकी रहेको कक्षाकोठाका लागि चाहिने पंखा वडा अध्यक्ष कुश्वाहाले चाडै उपलब्ध गराउने वाचा गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *