Categories समाचार

विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोजले मागे माफी

Advertisement

काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् । 

शनिबार बिहान ट्विट गर्दै मनोजले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु । आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्‍याएको म स्वीकार गर्छु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु।

Advertisement

भगवान् बजरङ्ग बालीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटुट रहन र हाम्रो पवित्र शाश्वत र महान् देशको सेवा गर्ने शक्ति दिनुहोस्! चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोज मुन्तासिरले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए ।

Advertisement

प्रदर्शन लगत्तै चलचित्र विवादमा आएपछि व्यापारमा प्रत्यक्ष असर परेको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *