Categories समाचार

आज मधेश प्रदेशसभा बैठक बस्दै

Advertisement

वीरगन्ज । मधेश प्रदेशसभा बैठक आज बस्न लागेको छ । मधेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा प्रदेशसभा बैठक बस्न लागेको छ ।

आजको बैठकमा अर्थमन्त्री संजयकुमार यादवले प्रदेश सरकारको आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Advertisement

बैठकमा प्रदेश सरकारको आव २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र त्यसपछि पुनः अर्थमन्त्री यादवले प्रदेश सरकारको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

Advertisement

यस्तै, अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८० सभामा प्रस्तुत गर्ने र मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसलाई पारित गर्ने कार्यसूची रहेको सचिव रंजितकुमार यादवले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *