Categories समाचार

संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ : प्रदीप यादव

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद् अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाई थियो ।

Advertisement

आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद् अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकिर समेत गरे । उनले संसद् अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताए । 

Advertisement

 

प्रमुख सचेतक यादवले प्रधानमन्त्री प्रचण्डले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने बताए । 

प्रमुख सचेतक यादवले संसद् अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराए । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *