Categories समाचार

बचतकर्ताको समस्या तत्काल समाधान गर्न सानो पाइला सहकारीलाई महानगरको निर्देशन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यहाँ स्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या तत्काल समाधान गर्न संचालकलाई निर्देशन दिएको छ । सहकारीको समस्या तत्काल समाधान गर्दै बचतकर्ताको बचत निक्षेप फिर्ता गर्न महानगरले संचालकलाई निर्देशन दिएको हो ।

आइतबार संस्थाका संस्थापक जी.वी. राईलाई झिकाएर महानगर प्रमुख राजेशमान सिंहले बचतकर्ताको बचत तत्काल फिर्ता गरि संस्थामा देखिएको समस्या समाधान गर्न निर्देशन दिनु भएको हो ।

Advertisement

आफ्ना बचतकर्ताको बचत निक्षेप लामो समयदेखि फिर्ता नगरी दुःख मात्रै दिएको भन्दै समस्या समाधान गरिदिन माग गर्दै बचतकर्ताले महानगरमा निवेदन दिएका थिए ।

Advertisement

बचतकर्ताको बचत लामो समयदेखि फिर्ता नगरेको र पटक पटक समस्या समाधानका लागि ताकेता गर्दा पनि समाधान नभएपछि महागनरले सहकारीलाई कालो सूचीमा राख्ने तयारी गर्दै संस्थाका संचालकलाई झिकाएको हो ।

आइतबार संस्थाका सस्थापक जी.वी. राई, कोषाध्यक्ष कुमार रम्तेल, वीरगञ्ज स्थित कार्यालयका व्यवस्थापक असरफ अलीलाई महानगरमा झिकाएर नगर प्रमुख सिंहले बचतकर्ताको कुनै पनि गुनासो नआउने गरि समस्या समाधान गर्न निर्देशन दिनु भएको हो ।

यसका साथै बचतकर्ताको बचत निक्षेपको विवरण र ऋण लगानी गरेकाहरुको रकम खुल्ने गरि विवरण तीन दिन भित्र महानगरमा बुझाउन, बचतकर्ताको वित्तीय हितलाई मध्यनजर गर्दै १ लाख रुपैयाँभन्दा कम निक्षेप रहेका बचतकर्ताहरुको निक्षेप तत्कालै क्रमबद्ध रुपमा फिर्ता गर्न पनि पनि उहाँले निर्देशन दिनुभएको छ ।

यस्तै आफ्नो वित्तीय स्थिति खुल्ने श्वेत पत्र साउन १५ भित्र तयार गरि सार्वजनिक गर्न र सोको विवरण महानगरलाई बुझाउन पनि उहाँले निर्देशन दिनुभएको छ । महानगर प्रमुखले सिंहले दिनुभएको निर्देशनमा संस्थाका संचालकलाई लिखित सहमति गराइएको छ ।

बचतकर्ताको समस्या सम्बोधन नभए सहकारीलाई कालो सूचिमा राखेर थप कारवाही अघि बढाउने भन्दै महानगर प्रमुख सिंहले समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो ।

संस्थाका संस्थापक जी.वी. राईले आफूहरु महानगरको निर्देशन र बचतकर्ताको हित अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *