Categories धर्म/संस्कृति

पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु, वीरगन्जको पशुपति मन्दिरमा कांवड यात्रा

Advertisement

वीरगञ्ज । चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबार आजदेखि सुरु भएको छ ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

Advertisement

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए । 

Advertisement

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्व अध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *