Categories रासस

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरे

वीरगन्ज । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेका छन् ।

Advertisement

गत वर्षको तुलनामा यस्तो खर्च ३७।९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड रुपैयाँबराबर खर्च गरेका थिए ।

Advertisement

सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा ५८ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको छ । त्यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९४।३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट २९ अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएको थियो ।

यस्तै, विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा ८९ अर्ब १८ करोड रुपैयाँ बाहिर लगेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च ५९ अर्ब ९९ करोड रुपैयाँबराबर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *