Categories समाचार

मुख्य नालामाथी बनेको हरिखेतान क्याम्पसमा डोजर चल्यो

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि हरिखेतान बहुमुखि क्याम्पसले निर्माण गरेको संरचना हटाउन डोजर लगाएको छ ।
संरचना हटाउन मेयर राजेशमान सिंह दिउँसो डोजर लिएर आफै पुगेका हुन् ।

क्याम्पसको संरचना मुख्य नालामाथी निर्माण हुँदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो ।

Advertisement

नालामाथि बनेको संरचना आफै हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि मेयर सिंह आज डोजर लिएर पुगेका हुन् ।

Advertisement

जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ ।

हरिखेतान क्याम्पस पछाडीसम्म सफाई गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अबरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो ।

यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ ।

वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बगेको छ ।
गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् ।

आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लासिक होटल पछाडीसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाई गरिसकिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक पछाडीतर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाई गरिसकिएको छ ।

महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफैले डोजर लगाएर हटाउँदै सफाइलाई तिब्रता दिँदै आएको छ ।

वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगञ्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *