Categories समाचार

परीक्षा दिन गएका एक विद्यार्थीकाे सडक दुर्घटनामा मृत्यु, एक घाइते

Advertisement

वीरगन्ज । बाराकाे सिमरामा ताेकिएकाे परीक्षा केन्द्रमा परीक्षा दिन गएका वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसका एक विद्यार्थीकाे सडक दुर्घटनामा मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ का २३वर्षिय विजय कुमार शर्मा रहेका छन् ।

Advertisement

सिमरामा परिक्षा खिएर फर्किरहेका शर्माले हाँकेकाे प्रदेश–२–०३–०१८ प ९६० नम्बरको मोटरसाइकल जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सडकमा अनियन्त्रित भई दुर्घटनामा परेकाे हाे ।

Advertisement

शर्माको उपचारका क्रममा वीरगन्जको बयोद्धा मेडिसिटी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएकाे छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार पर्साकाे पोखरिया नगरपालिका–१ बनकटवा बस्ने २२ बर्षीय अर्जुन सहनी घाइते भएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *