Categories शिक्षा

विद्यालयमा जानकारी बिनै अनुपस्थित ४ जना शिक्षकसँग स्पष्टिकरण माग

Advertisement

वीरगञ्ज । वीरगञ्जको सुरजी देवी मा.वि.का ४ जना शिक्षक कारबाहिमा परेका छन् । 

अनुगमनका क्रममा जानकारी बिना नै अनुपस्थित रहेको भेटिएपछि ४ जना शिक्षकलाई कारबाहि स्वरुप स्पष्टिकरण माग गरिएको छ ।

Advertisement

सामुदायिक (सरकारी) विद्यालयहरुको पठन पाठन चुस्त पार्न महानगरले अनुगमनलाई तिब्र पारेको छ । 

Advertisement

विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई अनुपस्थित भएका शिक्षकहरुसँग स्पष्टिकरण लिएर २४ घण्टा भित्र महाशाखामा पेश गर्न निर्देशन दिइएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो । 

विद्यालयको पठन पाठन अवलोकन गर्न महानगर प्रमुख राजेशमान सिंह आफै विद्यालय पुग्नु भएको थियो ।

उहाँले विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक स्पष्टिकरण माग गर्ने र पटक पटक अनुपस्थित भए सुविधा कट्टाका साथै निलम्बन गर्ने सम्मको कारबाही गर्न महाशाखा प्रमुखलाई निर्देशन समेत दिनुभएको छ ।

अनुगमनका क्रममा विद्यालयको भौतिक संरचनाका साथै बेवारिसे रहेको कम्प्युटर ल्याब तत्काल संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उहाँले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिनुभएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *