Categories समाचार

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु, सबैको शव निकालियो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका जीवन विकले जानकारी दिए। उनले भने,’दुर्घटनास्थलबाट ६ जनाको शव भेटिएको छ। शव कता पठाउने भन्नेबारे छलफल भइरहेको छ।’

मंगलबार बिहान ९ एनए- एमभी कल साइन भएको  हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

Advertisement

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचजना म्याक्सिकन नागरिक सवार थिए।  हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा म्याक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए। 

Advertisement

सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *