Categories समाचार

सिमरा कलेजमा प्रदर्शन गर्ने वीरगन्जका विधार्थी नेताहरु प्रहरी नियन्त्रणमा

Advertisement

वीरगन्ज । बाराको सिमरास्थित सिमरा कलेजमा प्रदर्शन गर्ने वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र सिमरामा सारिएको भन्दै त्यसको विरोधमा आन्दोलनरत विधार्थी नेताहरुले मंगलबार सिमरा कलेजमा प्रदर्शन गरेका ७ जना विधार्थी नेताहरुलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका पर्सा जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियुका क्याम्पस ईकाई कमिटी उपाध्यक्ष अरमान हासमी, कमलेश यादव र विशाल पटेललाई प्रहरीले नियन्त्रणमा लिएको अनेरास्ववियु वीरगन्ज महानगर कमिटीका अध्यक्ष आसिफ अहमदले जानकारी दिए ।

Advertisement

सिमरा कलेज परिसरमा प्रदर्शन गर्दै विधार्थी नेताहरुले ‘हाम्रो सेन्टर वीरगन्जमै होस्, क्याम्पस प्रमुख राजीनामा दे, विद्यार्थी एकता जिन्दावाद’ लगायतका नारापनि लगाएका थिए ।

Advertisement

सोमबार सिमरा कलेजकोे परिक्षा केन्द्रमा स्नातक तेस्रो वर्षको परीक्षा दिएर फर्किने क्रममा ठाकुरराम क्याम्पसका विधार्थी विजय शर्माको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।ईलाका प्रहरी कार्यालय सिमराले भने विद्यार्थीहरुलाई परीक्षा दिन नदिएर प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *