Categories समाचार

लागु औषध गाँजासहित एक युवक पक्राउ

Advertisement

वीरगन्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारीबाट लागु औषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाँउपालिका वडा नम्बर ५ का ३३ वर्षिय बृज किसोर पासवान रहेका छन् । प्रहरीले उनलाई १२ केजी गाँजासहित पक्राउ गरेको हो ।

Advertisement

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारीमा पासवानलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको झोला भित्रबाट १२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

गाँजासहित पक्राउ परेका पासवानलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *