Categories समाचार

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान ८: ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा दाहालको निधन भएको नर्भिक अस्पतालले जनाएको छ। 

डा. युवराज शर्माले विज्ञप्ति जारी गर्दै ६९ वर्षीया दाहालको निधन भएको जनाएका छन्। स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको हो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन्।

Advertisement

उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो।

Advertisement

यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *