वीरगन्ज । नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी सावन १ गतेदेखि वीरगन्ज महानगरपालिकाले लिने भएको छ ।
नगर प्रमुख राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार आज वीरगन्ज महानगरपालिकाले नारायणी अस्पताल संग सम्झौता गरेको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन साह र बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।
नगर प्रमुख सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ ।
सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ बीरगन्ज महानगरपाकिकाले गर्ने र सो बापत अस्पतालसंग कुनै शुल्क नलिने उल्लेख गरिएको छ ।
सावन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जना सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाका प्रमुख सर्फुदिन मियाँ ल जानकारी दिनु भएको छ ।


