Categories समाचार

यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ

वीरगन्ज । यौन दुर्व्यवहार आरोपमा बाराको निजगढ नगरपालिका २ सिंगौलमा एक युवक पक्राउ परेका छन् ।

बाल यौन दुर्व्ययहार गरेको आरोपमा प्रहरीले निजगढ २ सिंगौलका मनोज राईलाई पक्राउ गरेको हो ।

Advertisement

गत असार २५ गते १३ वर्षीया बालिकालाई राईले यौन दुर्व्ययहार गरेको आरोप छ । उनले सोमबार पसलमा रहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो ।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *