Categories समाचार

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई पेश गरेको छ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक संसद्मा पेश गरेका हुन्। अहिले सो विधेयकमाथि दफावार छलफल जारी छ।

विधेयकमा  राप्रपा ,नेमकिपा र राश्वपाले विरोध जनाएका छन्।  राप्रपा  सांसद ज्ञानबहादुर शाही, नेमकिपाका प्रेम सुवाल र राश्वपाका सोबिता गौतम र सुमना श्रेष्ठले विधेयक संविधान विपरित आएको बताएका छन्।

Advertisement

सांसद् श्रेष्ठले यो विधेयक संविधान विपरीत रहेको बताइन्। उनले  यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो ? भन्दै प्रश्न समेत गरेकी छन्। सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त विपरीत विधेयक टेबल भएको भन्दै आपत्ती जनाइन् ।

Advertisement

गम्भिर प्रकृतिका मुद्दामा कसैलाई छुट दिन नहुने उनको भनाइ छ। दफावार छलफल सकिए मिटरब्याजीसम्बन्धी कानुन बनाउन विधेयक आजै पारित हुनेछ। साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *