Categories समाचार

नक्कली पेस्तोल देखाई त्रास फैलाउने २ किशोर पक्राउ

Advertisement

वीरगन्ज । नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुई किशोरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो करिब २ बजेको समयमा जनकपुरधामको महाविर चोक स्थितमा मोटरसाइकलमा सवार दुईजनाले हातबाट पेस्तोल देखाई स्थानीय मानिसहरुमा डर त्रास फैलाउँदै हिँडिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Advertisement

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पक्राउ पर्ने दुबैजना करिब १६ वर्षका रहेका छन् ।

Advertisement

उनका अनुसार दुबै किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनीहरुको हातमा रहेको पेस्तोल नक्कली रहेको र यो भन्दा पहिला पनि स्थानीयलाई डर त्रास देखाउने गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *