Categories समाचार

घट्यो सार्वजनिक यातायातको भाडा

Advertisement

वीरगन्ज । पेट्रोलियम पदार्थमा सरकारले स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

Advertisement

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो ।

Advertisement

त्यसैलाई आधार बनाएर विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *