वीरगन्ज । पर्साको वीरगन्ज मुर्लीका स्थानियहरुले देवघाटबाट ल्याएको जल पुशपतिनाथ मन्दिर तथा हरिहरनाथ मन्दिरमा अपर्ण गरेका छन।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताको नेतृत्वमा ३१५ जनाको समुह वडा अध्यक्षकै निजी लगानिमा देवघाट गएको थियो ।
धार्मिक स्थलमा जाने मन भएको तर आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सो व्यवस्था मिलाईएको वडा अध्यक्ष गुप्ताले बताए।
सोमबार बाबा पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गरेपछि स्थानियले वडा अध्यक्षको प्रशंसा गरेका छन ।






