Categories समाचार

मुख्य नालामाथी बनेको क्लासिक होटलको भवन हटाउन ५ वटा डोजर चल्दै

Advertisement

वीरगञ्ज । वीरगञ्जको मुख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल र कर्पोरेट बैंक रहेको भवन हटाउन डोजर लगाइएको छ ।
वीरगञ्ज सहरको मूख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल मंलगबारदेखि हटाउन सुरु गरिएको र बुधबारबाट कर्पोरेट बैंक रहेको भवन पनि हटाउन थालिएको हो । महानगरपालिकाले मुख्य नाला माथि बनेको दुबै संरचना हटाउन बुधबार ५ वटा डोजर लगाएको छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्था बमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन डोजर लगाइएको महानगरले जनाएको छ ।

Advertisement

पटक पटक सूचना दिँदा पनि अटेर गरि अवैध रुपमा निर्माण गरिएको संरचना नहटाएकाले बाध्य भएर महानगरले सार्वजनिक नाला माथिको संरचना हटाउन डोजर लगाउनु परेको महानगरपालिकाका मेयर राजेशमान सिंहले बताउनुभयो ।

Advertisement

महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ ।
४० फिट चौडाईको मुख्य नालामाथि बनेको संरचनाका कारण वर्षातको पानी बग्न नसकी पूरा महानगर नै डुबानमा परि नगरवासीको तथा महानगरको जनधनको अपुरणीय क्षति पुग्ने अवस्था देखिएकाले अवैध रुपमा निर्माण गरिएका ती सबै संरचना हटाउन महानगरले अभियान नै चलाएको हो ।

यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाई सकेको छ ।
मालपोत ऐन २०३४ को दफा २४ मा सरकारी सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता वा आवाद गर्न गराउन नहुने र यदी कसैले कुनै पनि समयमा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ भन्ने व्यवस्था छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २(क) १ को ‘ट’ मा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार महानगरलाई दिएको छ ।

सोही अनुरुप महानगरले आदर्शनगरमा निर्माण भएको दुबै संरचना हटाउन डोजर लगाएको हो । अवैध संरचना खाली गराउन महानगरबाट गठित सार्वजनिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा टोली परिचालन भएको छ ।
टोलीमा नगर प्रहरीका साथै नेपाल प्रहरी, ससस्त्र प्रहरी तैनाथ रहेको छ । 
भवन हटाउने क्रममा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै बारुण यन्त्र, एम्बुलेन्स, विद्युत लगायतको टोली समेत सँगै तैनाथ गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *