Categories समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद, ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय विभागबाहिर कार्गो निरीक्षण गर्ने क्रममा सुन फेला परेको हो।

Advertisement

भन्सार स्रोतका अनुसार १६० टुक्रा सुन फेला परेको छ। राजस्व अनुसन्धान विभागले भने सुनको परिणाम कति भन्ने यकिन नभइसकेको बताएको छ।

Advertisement

सामानसहित ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान भने गरिएको छ।

‘त्यससँग जोडिएको अरू सामानसँग गणना गर्दा ८० देखि सय केजीको अनुमान गरिएको छ। थप अनुसन्धान भइरहेको छ,’ राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले सेतोपाटीसँग भने।

सुन अहिलेसम्मकै फरक शैलीबाट राजस्व छलेर भित्र्याउन थालेको अवस्थामा विभागले सुराकीका आधारमा छापा मारेको स्रोतले बताएको छ।

स्रोतका अनुसार स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ मा राखेर उक्त सुन ल्याइएको हो। विमानस्थलमा भएको एक्सरे मेसिनले पनि उक्त सुन पत्ता पाउन नसक्ने गरी भित्र्याइएको पाइएको हो।

विभाग प्रमुख ढुंगानाका अनुसार उक्त सुन हङकङबाट आएको क्याथे प्यासिफिक जहाजबाट बरामद भएको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको छ र सुनको परिमाण थाहा पाउन राष्ट्र बैंक पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *