Categories राशिफल

न्यायिक कार्यमा सफलता मिल्नेछ ।

Advertisement

वीरगन्ज ।

मेष । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

Advertisement

वृष । आज स्वास्थ्यमा खर्च बढ्नसक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

Advertisement

मिथुन । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

कर्कट । आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

सिंह । आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।

कन्या । आज स्वास्थ्य सम्बन्धी लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

तुला । आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा उन्नति र सफलता सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

वृश्चिक । भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु । आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ । नजिकैको यात्राबाट लाभ नै हुनेछ । साँझमा आफन्तको साथ र सहयोग भरपुर मिल्नेछ ।

मकर । आज बन्न लागेको काम बिग्रिनेछ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ, तर नयाँ ज्ञान सिक्ने मौका भने अवश्य मिल्नेछ ।

कुम्भ । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।

मीन । आज शुभ आरम्भको चर्चा चल्नेछ । नयाँ काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च भने हुनसक्छ । न्युजलय

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *