Categories समाचार

चोरी घटनामा संलग्न रहेको आरोपमा ३० जना पक्राउ

वीरगन्ज । धनुषा प्रहरीले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको छ । गत १७ दिनको अवधिमा हेलमेट, साईकल, मोटरसाइकल, महिलाका गरगहना लागायतका सामान चोरीकामा संलग्न ३० जनालाई पक्राउ गरेको हो ।


उनीहरुलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरु सबै १८ देखि ३८ वर्ष उमेर समूहका रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए।

Advertisement

चोरी घटनामा धनीले जाहेरी दिन नमान्दा अधिकांशलाई शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा चलाउनु परेको उनले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *