Categories समाचार

५ किलो बढी चरेससहित एक जना पक्राउ

Advertisement

वीरगञ्ज । पर्सामा लागू औषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिकामाई गाउँपालिका – १ मूडली निवासी ४४ वर्षीय प्रेम पासवान रहेका छन् ।

प्रहरीले उनको साथबाट ५ किलो ४ सय ग्राम चरेस बरामद भएको जनाएको छ ।

Advertisement

ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पासवानलाई पकाहाँमैनपुर गाउँपालिका – ५ सबैठमा रोकेर चेकजाँच गर्दा उनको साथबाट उक्त परिणाममा चरेस भेटिएको हो । 

Advertisement

पासवानले आफ्नो शरीरको विभिन्न भागमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । 

उनलाई बरामद चरेस तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *