वीरगञ्ज । वीरगञ्जको चिनीमिल परिसरमा रहेको पशुपतिनाथ मन्दिरमा पुजा अराधनाका लागि आएका श्रद्धालु भक्तजनलाई साहिब दरबारले प्रसादी वितरण गरेको छ ।
मन्दिरमा साउन महिनाभर श्रावणी मेला लाग्ने र विषेशगरी सोमबार श्रद्धालुहरुको बढी भिड हुने भएकाले साहिब दरबारले मन्दिर दर्शन गर्न आएकाहरुलाई सर्बत र प्रसाद वितरण गरेको हो ।
मन्दिर दर्शन गर्न आएका दर्शनार्थीहरुलाई चर्को गर्मीमा चिसो सर्वत वितरण गरेर दर्शन सहज गराउने काम गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताए ।
गएको सोमबारदेखि सर्वत र प्रसादी वितरण गर्न सुरु गरेको साहिब दरबारले श्रावणी मेलाभर हरेक सोमबार यसलाई निरन्तरता दिने पनि उनले बताए । संस्थाका पदाधिकारी,
मन्दिर समितिका सदस्य तथा स्थानीयको सहयोगमा संस्थाका पदाधिकारीले प्रसादी वितरण गरेका थिए ।







