Categories हाइलाइट-समाचार

वीरगन्ज : एक युवकको शव माईदिया पोखरीमा डुबेको अवस्थामा फेला, तीनदिन देखि थिए सम्पर्कबिहिन

Advertisement

वीरगन्ज । पर्साको बिरगंज महानगरपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । वीरगन्ज महानगरपालिका बसपार्क नजिक रहेको माईदिया पोखरीमा स्थानीय ३२ वर्षीय अनिल कुमार खेतानको शव बिहीबार बिहान १० बजे फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले उनको शव पोखरीमा फेला परेको पुष्टि गरेका हुन् । स्थानीयका अनुसार उनी ३ दिन देखि घर परिवारको सम्पर्कमा नरहेको र आज उनको शव फेला परेको बताएका छन् ।

Advertisement

प्रहरी उपरीक्षक साहले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र के कारणले मृत्यु भएको खुल्ने बताए । शव परीक्षणका लागि नारायणी क्षेत्रिय अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक साहले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *