Categories समाचार

मोटरसाइकलको ठक्करबाट ८ वर्षीया एक बालिकाको मृत्यु

Advertisement

वीरगन्ज । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको दक्षिण-पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिंगडवामा नम्वर खुल्न नसकेको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा स्थानीय हरिवीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनिषा कुमारी पासवानको मृत्यु भएको हो ।

Advertisement

बाख्रा चराउन हिँडेकी मनिषालाई मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय क्लिनिकमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Advertisement

मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षिया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् ।

प्रहरीका अनुसार यो दुर्घटना बुधबार बिहानकै हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले मोटरसाइकलको खोजी जारी रहेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *