Categories समाचार

सप्तरीमा एक युवकको हत्या भएको अवस्थामा शव फेला, अर्का घाइते

Advertisement

वीरगन्ज । सप्तरीमा एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका १० ईनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको हत्या भएको हो ।

Advertisement

उनको शव हिलैहिलोमा आज बिहान फेला परेको हो । उनको हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

Advertisement

अजय मण्डल नामका अर्का युवक पनि घाइते अवस्थामा फेला परेका छन् । घाइते युवकको उपचार छिन्नमस्ता अस्पतालमा भइरहेको छ ।

स्थानीयले दुई समूहको ग्यांग फाइटमा सो घटना भएको हुन सक्ने आशंका गरेका छन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *