Categories समाचार समाज

मन्दिरमा अश्लिल टिकटक भिडियो बनाउने एक युवक पक्राउ

Advertisement

वीरगन्ज । जनकपुरधामको जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नं. ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Advertisement

यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर राखेपछि भिडियो भाइरल भएपछि विरोध भएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

भिडिओमा देखिएकी युवती र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रवक्ता प्रही नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *