Categories समाचार

२५ लाख रुपैयाँ भन्दा माथिको कर्जा लिंदा प्यान अनिवार्य

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँ भन्दा माथिको कर्जा लिने व्यक्तिलाई स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ ।

यसअघि यो सीमा ५० लाख रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सो भन्दा बढी रकमको कर्जा प्रवाह गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने भएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख नीतिहरु कार्यान्वयन गर्न शुक्रबार यस्तो निर्देशन जारी गरेको हो ।

Advertisement

एउटै समूह भित्रका २५ लाख भन्दा माथिको कर्जा लिइसकेका अन्य ऋणी भएमा अर्को ऋणीले थप कर्जा लिनु पर्दा भने २५ लाख रुपैयाँ भन्दा कममा समेत प्यान अनिवार्य गरिएको राष्ट्र बैंकले जनाएको छ । साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *