Categories स्वास्थ्य

युवा वचनको आयोजनामा ५ महिला सहित ७५ जनाले गरे रगत दान

वीरगन्ज । युवा वचन  वीरगन्ज शाखाद्वारा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा पाँच महिला सहित ७५ जनाले रगत दान गरेका छन् ।

आज बिहान आदर्शनगरको सुरज होटल अगाडि आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जना दाताले रगत दान गरेका हुन ।

Advertisement

संस्थाले विगत कैयन वर्षदेखि रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखि गराउदै आएकोमा हाल रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको कमी रहेको जानकारी पाए लगत्तै कार्यक्रमको आयोजना गरिएको केन्द्रीय अध्यक्ष पीयूष कादमीयाले बताए ।

Advertisement

कार्यक्रमका विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुलमहम्द मिँया, सज्जन अग्रवाल, मधु राणा रहनुभएको थियो भने अतिथिमा सौरभ राज पाण्डे,कमल चौलागाईं, दिलीप राज कार्की, विक्की सरार्फ, एलेक्स, अनिश कान्त कुश्वाहा, राधेश्याम गुप्ता, कमलेश कुश्वाहा लगायत रहनुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले यस्तो विकट परिस्थितिमा रक्तदान गर्ने र गराउने व्यक्ति र संस्थालाई यसैगरी मानवताका लागि सदैव तत्पर रहदै कार्य गर्न अनुरोध गरेका थिए । साथै आयोजक संस्था र रक्तदाताहरु प्रति सम्मान प्रकट गरेका थिए ।

कार्यक्रम सञ्चालन भने संस्थाका पर्सा शाखा अध्यक्ष किशन सरार्फले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *