Categories राशिफल

धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ

Advertisement

वीरगन्ज ।

मेष । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

Advertisement

वृष । आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

Advertisement

मिथुन । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । लगानी गर्ने समय पनि छ ।

कर्कट । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

सिंह । आज शुभ समाचार सुन्न पाइनेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति पनि हुने देखिन्छ ।

कन्या । आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।

तुला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

वृश्चिक । आज अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

धनु । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर । आज स्वास्थ्यमा समस्या आउनसक्छ, स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा शुभ र नयाँ समाचार पनि पाइनेछ ।

कुम्भ । आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ ।

मीन । आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । न्युजलय

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *